Media Network

कुमारी बैंक र सुप्रिम डेन्टल कियरबीच सम्झौता


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपास्थित सुप्रिम डेन्टल केयरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, ओर्थोदोंतीक्समा १० प्रतिशत, पेदोदोंतिक्समा १५ प्रतिशत, प्रोसथोदोंतिक्समा १५ प्रतिशत, एण्डोदोंतिक्समा १५ प्रतिशत र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद