Media Network

कुमारी बैंकको सीईओ र डीसीईओले दिए राजीनामा, कामु सिईओमा खनाल नियुक्त


खबरस्टोरी संवाददाता

२५ माघ २०७८,मंगलवार

काठमाडौँ । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमबार बसेको  बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी उनले जिम्मेवारी सम्हाल्ने छन् । उनिले सिद्धार्थ बैंकबाट एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत हुँदै कुमारी बैंकमा प्रवेश गरेका थिए  । 

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिनाले राजीनामा दिएपछि खनाललाई कामु सिइओ नियुक्त गरिएको हो ।


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद