कम्पनीले १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा केविएल डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्नका लागि क्यपिटलसँग सम्झौता गरेको हो ।
बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । कम्पनीले आश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र ऋणपत्र सार्वजनिक गर्नेछ ।