काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भर्खरै मात्र आन्तरिक रेमिट्यान्समा क्याप लगाएको छ ।
बैकले हिजो एक सर्कुलर जारी गरी मुलुकभित्रै पठाइने रेमिट्यान्सको सीमा २५ हजार रुपैयाँ कायम गर्न निर्देशन जारी गरेको छ । बैकले स्वेदशमा रकम स्थान्तरण गर्ने व्यवस्थामा संसोधन गर्दे यस्तो नीति कार्यान्वयनमा ल्याएको हो । यो निर्देशनसँगै अब आन्तरिक रुपमा प्रतिदिन १ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन सकिने व्यवस्था हटेर २५ हजार रुपैयाँ कायम भएको छ ।
बैक तथा वित्तिय क्षेत्रमा राष्ट्र बैंकले हुन्डीजस्ता अवैध रुपमा हुने कारोबार नियन्त्रण गर्नुका साथै डिजिटाइजेसन प्रमोट गर्न उक्त निर्देशन जारी गरेको हुनसक्ने आँकलन गरिएको छ । राष्ट्र बैंकको उक्त सर्कुलरले वालेट प्रयोगकर्ताहरुलाई प्रोत्साहन गरेको छ । व्यवसायीहरुलाई तत्कालका लागि प्रभाव पार्ने देखिए पनि दिर्घकालीन रुपमा यसको महत्व र फाइदा हुने देखिन्छ ।
अहिले आम रुपमा वालेटको प्रयोग बढ्दो छ। त्यसका साथै वालेटको प्रयोगबाट पैसा पठाउँदा तुलनात्मक रुपमा पनि सहज र सुलभ भएकाले राष्ट्र बैंकको उक्त कदमलाई सकारात्मक रुपमा लिन सकिन्छ ।आजभोली हुन्डीबाट बढी चलखेल हुने गरेकाले यस खालका अवैध गतिविधि नियन्त्रण गर्न पनि बैकको उक्त निर्देशनले सघाउ पुग्ने देखिन्छ, यसका साथै बैंकिङ सिस्टमबाट पैसा पठाउँदा विश्वासनियताको दायरा थप फराकिलो बन्ने देखिन्छ, त्यसकारण पनि राष्ट्र बैकको सो कदम स्वागतयोग्य मान्न सकिन्छ ।