Media Network

किन उकालो लाग्दैछ सुनको भाउ ? हरेक दिन 'नयाँ रेकर्ड'


खबरस्टोरी संवाददाता

२५ फाल्गुन २०७८,बुधबार

काठमाडौँ ।  नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ  कायम भएको छ ।

मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।  

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार चार सय ५० रुपैयाँ कायम भएको छ ।

नेपालमा किन उकालो लाग्दैछ सुनको भाउ ?

सुनको भाउ दैनिक उकालो लग्नु कुनै नौलो बिषय त होइन तर यस पटक भने नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड नै कायम गरेको छ। यसअघी  २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्याधिक बढ्दा मूल्य आकासिएको थियो भने यस पटक युक्रेनमाथि रुसको आक्रमणका कारण सुनको भाउ आकासिएको व्यवसायीले बताएका छन् ।

विश्वमा महामारी, युद्ध वा अन्य संकट आईपर्दा सुनको मूल्य सबैभन्दा छिटो प्रभावित हुने सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य बताउँछन्। उनका अनुसार  'संकट/ युद्धका बेला विभिन्न देशका सरकार तथा ठूला लगानीकर्ताले सुनमा लगानी बढाउँछन् जसले मागसँगै मूल्य बढ्ने गर्छ। त्यस्तै सुनको भाउ बढेसंगै व्यापार भने सुस्त देखिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद