Media Network

कान्तिपुर टेलिभिजनले आईपीओ जारी गर्दै


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौं । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिएका हुन् ।

सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ  । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

१९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको उनले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद