Media Network

२८ करोड रुपैयाँको यार्सागुम्बा निर्यात


खबरस्टोरी संवाददाता

२४ बैशाख २०७९,शनिबार

काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा २८ करोड १६ लाख ८२ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार  २८ करोड रुपैयाँ बराबरको ४५६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो ।

नेपालबाट विश्वका १० वटा देशहरुमा यार्सागुम्बा निर्यात हुँदै आएको छ । जसमध्ये कम्बोडियामा १८ करोड ८८ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । यस्तै, हङकङमा ३ कोड ६९ लाख रुपैयाँको र सिंगापुरमा ८० लाख रुपैयाँको निर्यात भएको छ ।

यसैगरी, दक्षिण कोरियामा ६६ लाख रुपैयाँ र फ्रान्समा ६२ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । रसिया, युक्रेन, थाइल्याण्ड, बेलायत र भियतनाममा समेत निर्यात हुने गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद