वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोल पम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको थियो । प्रहरीले इन्डियन आयल कर्पोरेसनद्वारा नयाँ ‘एक्जिम कोड’ लागू गर्दै इन्धन बोकेका ट्याङ्करलाई नेपाल–भारत सीमा रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव आएको हो ।
भारत सरकारले प्रयोगमा ल्याएको नयाँ भन्सार सफ्टवेयरमा ‘एक्जिट कोड’ र ‘इम्र्पोट एक्सर्पोट कोड’ अनुसार बैंक खातामा प्रविष्ट गर्नुपर्ने कारण भारतबाट निर्यात हुने मुलुकमा पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएको हो ।