Media Network

कृषि विकास बैंक र बीपी कोइराला क्यान्सर अस्पतालबीच सम्झौंता


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चितवनको भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । क्यान्सर अस्पताल र कृृषि विकास बैंक लिमिटेडबीच बैंकिङ कारोवार गर्ने सम्झौता भएको हो । 

विगत ५ वर्षदेखि एक्स्टेन्सन काउन्टरसहित अस्पतालको आय संकलनको कार्य गरिहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुनः बैंकिङ्ग कारोवारका लागि कृषि विकास बैंक प्रदेश कार्यालय चितवनका निर्देशक रघुुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा क्यान्सर अस्पताल संचालक समिति अध्यक्ष डा.र्निमल लामिछाने, उपनिर्देशक डा.कृष्णकुमार शर्मा, पूर्व संचालक डा. विनुमा श्रेष्ठ, बरिष्ठ लेखा अधिकृत पिताम्वर उपाध्याय, कानुन अधिकृत गोर्कण सापकोटालगायतको सहभागिता रहेको थियो । 

बैंकका तर्फवाट निर्देशक रघुनाथ न्यौपाने, कृषि बैंकिङ विभागका विभागीय प्रमुख चन्द्र सिंह थापा लगायतको सहभागीता रहेको थियो ।

अस्पताल संचालक समितिका अध्यक्ष निर्मल लामिछानेले बैंकले अस्पतालको हाता भित्र सेवा प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नगदरहित सेवा प्रवाहको अपेक्षा समेत गरे । 

अस्पतालका डाइरेक्टर डा. देजकुमार गौतमले बैंकसँग सहकार्य गर्दा अस्पतालको साख वृद्धि हुने र सेवा प्रवाहमा सहजिकरण समेत हुने विचार राखे । 

कृषि विकास बैंक लि. प्रदेश कार्यालय विरेन्द्रनगरका निर्देशक रधुनाथ न्यौपानेले नगद जम्मा, नगद भुक्तानी, चेक माग, बैंक खाता खोल्ने लगायतका सेवाका अतिरिक्त अस्पतालका कर्मचारीहरुले प्रोफेशनल लोन, क्रेडिट कार्ड, विद्युतिय भुक्तानीका सेवा उपयोग गर्न अनुरोध गर्दै अव्बल सेवा प्रवाह गर्न बैंक सधै प्रतिवद्ध रहेको धारणा राखे । 

यस सम्झौता पश्चात बैंकको एक्सटेन्सन काउन्टर मार्फत सो क्षेत्रमा ग्राहकले नगद जम्मा, नगद भुक्तानी, चेक माग लगायतका सेवा प्राप्त गर्न सक्नेछन् भने अस्पतालका कर्मचारीहरुले निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्न सक्नेछन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद