Media Network

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौं। कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने  कर्मचारीको माग गरेको छ । त्यस्तै, बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि दरखास्त आह्वान गरेको हो। 

शुक्रबार बैंकले एक सूचना सार्वजनिक गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रशासनतर्फ शाखा प्रमुखमा पाँच, व्यवसाय अधिकृत ४७, कम्प्युटर अधिकृत १७, सिभिल इन्जिनियर तीन, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाका लागि आवेदन खुला गरेको छ ।  

यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक पाँच, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट पनि भर्न सकिन्छ। दरखास्त १२ साउनसम्म अनलाइनबाटै दिन सकिनेछ भने १९ साउनसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सकिनेछ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद