Media Network

कति छ आज सुनको मूल्य ?


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

काठमाडौं।  साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

हिजो आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला ७०० रुपैयाँले बढेको थियो । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद