Media Network

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड


खबरस्टोरी संवाददाता

११ असार २०७९,शनिबार

काठमाडौं / काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।

शुक्रबार नगरसभामार्फत उपमेयर सुनिता डंगोलले उक्त बजेट पेश गरेकी हुन् ।विनियोजित कुल बजेट मध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो ।

यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । जुन कुल बजेटको २०.९६ प्रतिशत हो । यस्तै, पूर्वाधार क्षेत्र विकासका लागि कुल बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट छुट्याइएको डंगोलले बताइन् ।

बजेट खर्चको स्रोत व्यवस्थापनतर्फ महानगरले सञ्चितकोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार बाहेक सामाजिक सुरक्षा भत्ता, संघीय सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट प्राप्त हुने र स्थानीय सञ्चिति कोष बाहेकको बजेटमा समावेश हुने ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहेको महानगरपालिकाले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद