Media Network

काठमाडौंभन्दा भैरहवाबाट कुवेत उडान सस्तो


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै पनि उडान गरिरहेको छ ।

यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो। 

काठमाडौँ–कुवेतको भन्दा भैरहवा–कुवेतको हवाई भाडा निकै सस्तो छ । भैरहवा–कुवेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँको हाराहारीमा सस्तो रहेको छ ।अहिलेसम्म भैरहवा कुवेत ८ उडान भइसकेकोमा ३ उडानमा फुल र अन्यमा पनि ८० प्रतिशतभन्दा बढी यात्रुहरुले उडान भरिसकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद