लगातार घट्दै आएको नेप्सेमा मंगलबार हरियाली


खबरस्टोरी संवाददाता
६ बैशाख २०७९, मंगलवार
लगातार घट्दै आएको नेप्सेमा मंगलबार हरियाली
काठमाडौं।  यसअघि दुई दिन लगातार घटेको नेप्सेमा आज मंगलबार भने करेक्सन देखिएको छ । नेप्से आज १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २४ अंकमा चढ्न सफल भएको छ । सेन्सिटिभ इन्डेक्स पनि आज तीन दशमलव ६१ अंकले बढेर चार सय ४७ दशमलव ७६ अंकमा चढ्न सफल भएको छ । 

दुई सय २९ वटा कम्पनीहरुको आज २७ हजार आठ सय ४१ पटकको कारोबारमा ३२ लाख १३ हजार एक सय ९५ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल कारोबार रकम एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार नौं सय ३२ रुपैंयाँ पुग्न सफल भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक बढ्दा नेप्सेमा पुरै हरियाली छाएको छ । 

आज कारोबार भएका कुल कम्पनीहरु मध्ये भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर लिमिटेड आदिले कमाएका छन् भने दिव्येश्वरी हाईड्रो पावर लिमिटेड, कालिका माईक्रो क्रेडिट लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज नविल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेका छन् ।