कम्पनीले उक्त सेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा निवेदन दिन भनेको छ ।
सो अवधिमा संस्थापक सेयरधनीको निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रियाअगाडि बढाउने पनि बैंकले बताएको छ ।