Media Network

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा


खबरस्टोरी संवाददाता

२७ माघ २०७८,बिहीबार

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

सञ्चालक समितिको बुधबार साँझा बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।  कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपियाँ रहेको छ । 

समितिले प्रस्ताव गरेको लाभांश बीमा समिति स्वीकृतिका साथै  आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद