Media Network

माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौँ। माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख ६४ हजार १३१ कित्ता सेयर बिक्री खुला गरेका छन् । तर यस सेयरको बिक्री मूल्य भने सार्वजनिक गरिएको छैन |

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय, पुतलिसडक, काठमाडौंमा आवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट निवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद