माछापुच्छ्रे बैंकको नयाँ शाखा वीरगञ्जको आदर्शनगरमा


खबरस्टोरी संवाददाता
२४ फाल्गुन २०७८, मंगलवार
माछापुच्छ्रे बैंकको नयाँ शाखा वीरगञ्जको आदर्शनगरमा

काठमाडौँ। माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसादमहतोले संयुक्तरुपमा समुद्घाटन गरेका थिए । सोही कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो ।

 बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दे आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैं आएको छ । 

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा एटीएमहरु संचालनमा रहेका छन्।