Media Network

माछापुच्छ्रे बैंकद्वारा विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा वृक्षारोपण


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

काठमाडौं। माछापुच्छ्रे  बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यही जेठ २२ मा चन्द्रागिरि नगरपालिका वडा नं.०३ स्थित सेती देवी, दुमाल डाँडा, जेसिज वनमा वृक्षारोपण गरेको छ । 

बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा दश लाख वृक्षारोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा  उक्त वृक्षारोपण कार्यक्रममा सहभागी भएको  हो ।

बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ । 

बैंकले हाल देशका सात वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद