महालक्ष्मी विकास बैंकद्धारा विद्युतिय आर. ओ प्लान्ट हस्तान्तरण


खबरस्टोरी संवाददाता
२३ फाल्गुन २०७८, सोमबार
महालक्ष्मी विकास बैंकद्धारा विद्युतिय आर. ओ प्लान्ट हस्तान्तरण
काठमााडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरुपमा समाजलाई योगदान पु¥याउने उद्ेश्यका साथ एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी शाखाले एक विशेष कार्यक्रमकाबिच ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यावस्थापनका लागि स्वचालित विद्युतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको हो 

स्वस्थ जीवनयापनका लागि शुद्घ खानेपानी अति आवश्यक रहेको बताउदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उदे्श्यले आर. ओ प्लान्ट हस्तान्तरण गरिएको कुरा बताए । उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानियहरुकोे उपस्थिती रहेको थियो । आगामीदिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ । 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।