महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई प्रतिक्षालय निर्माण


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई प्रतिक्षालय निर्माण
काठमाडौं।  महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  जालपा माध्मिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ । जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई प्रतिक्षालय निर्माण पछि हस्तान्तरण गरिएको बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी दिएका छन् । 

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई घाम पानीबाट बच्न सजिलो होस् भन्ने उदेश्यले बैंकले  प्रतिक्षालय निर्माण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक मल्लले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ । 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक "महालक्ष्मी विकास बैंक" रहेको दावी पनि बैंकले गरेको छ ।