चालू आर्थिक वर्षको वैशाखसम्मको अवधिमा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँको आयात गरेको छ । यस्तो आयात गत वर्षको सोही अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजारको थियो।
त्यस्तै यो अवधिमा निर्यात समेत ५९.८० प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार नेपालले १० महिनामा १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजारको वस्तु निर्यात गरेको हो। अघिल्लो वर्ष सोही अवधिमा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजारको निर्यात गरेको थियो।
योसँगै नेपालको १० महिनाको व्यापारघाटा २४.९४ प्रतिशतले बढेको छ। रकममा भन्ने हो भने व्यापारघाटा १४ खर्ब ३१ अर्ब ३० करोड ४३ लाख ६ हजार पुगेको छ। गत वर्षको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार मात्र व्यापारघाटा थियो।