२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको जिउँदो खसी, मासु तथा माछाजन्य वस्तु नेपालले आयात गरेको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार सो अवधिमा ४५ करोड २९ लाख ५९ हजार रुपैयाँको जिउँदो सबै खसीहरु भारतबाट नेपाल भित्रिएको छ ।
पछिल्लो नौ महिनामा १३ लाख १२ हजार रुपैयाँको २२० वटा भेडा पनि नेपाल भित्रिएका छन् । सबै भेडाहरु नेपालले चीनबाट आयात गरेको हो ।
गत ९ महिना भित्र २ अर्ब ३४ करोड ५९ लाख १ हजार रुपैयाँको माछा र माछाजन्य वस्तु नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
नेपालमा माछा र माछजन्य वस्तुहरु अष्ट्रेलिया, क्यानडा, फ्रान्स, हंगेरी, मलेसिया, थाइल्याण्ड, बेलायत, अमेरिका, युनाइटेड अरब इमिरेट्स लगायतका विभिन्न देशहरुबाट भित्रिने गरेको छ ।