Media Network

मोर लोकल मोर ग्लोवल अवधारणामा भिभो


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौं । भिभो, एक अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्डले प्रयोगकर्ताहरूको अनुभव बढाउन नवीनतम विशेषताहरु प्रदान गर्दै आइरहेको छ । 

यसले मोबाइल फोटोग्राफीमा भित्र्याएको अत्याधुनिक प्रविधि र प्रगतिका साथ विश्वभरका ग्राहकहरूको मन जित्न सफल भएको छ । यसले स्थानीय स्रोत परिचालनमा विशेष ध्यान केन्द्रित गर्दै मोर लोकल मोर ग्लोवल रणनीतिहरूमा जोड दिइरहेको छ ।

भिभोले विविधतामा विश्वास गर्छ र एफएमसीजी, हस्पिटालिटी, इलेक्ट्रोनिक्स लगायत विभिन्न उद्योगमा अनुभव बटुलिसकेका कर्मचारीहरु यहाँ आवद्ध छन् । नेपालमा भिभोले प्रयोगकर्ताहरूलाई उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्नुका साथै, आफ्ना कर्मचारीहरूलाई समानान्तर रूपमा प्राथमिक्तामा राखेको छ । भिभोले कर्मचारीहरुको कामप्रति सन्तुष्टि र विकासका लागि कार्यस्थलमा सिकाइ वातावरणको महत्व र आवश्यकता बझेको छ र उनीहरुलाई प्रोत्साहन गर्दै करियर वृद्धि र विकासका लागि आवश्यक स्रोतहरू र सामग्रीहरु प्रदान गर्दछ । यसले उनीहरुलाई विभिन्न तालिम र विकास कार्यक्रमहरुमार्फत आफ्नो सीप वृद्धि गर्ने वातावरण प्रदान गर्दछ ।

हाल ६० भन्दा बढि देशमा उपलब्ध रहेको भिभोका विश्वव्यापी रुपमा चार सय मिलियन भन्दा बढि प्रयोगकर्ताहरू छन् । 

त्यस्तै सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेको भिभोले उद्योगकै पहिलो पप–अप क्यामेरा स्मार्टफोन, पहिलो रङ परिवर्तन गर्ने फोन (भी २३ फाइभजी), र स्लिम डिजाइन फोन लगायत नयाँ–नयाँ विशेषताहरु ल्याएको छ । 

नेपाली बजारमा भिभोका भी श्रृङ्खला र वाई श्रृङ्खलाका स्मार्टफोनहरू उपलब्ध छन् । वाई–सिरिज ब्याट्री, डिजाइन र क्यामेरा विशेषताहरूमा केन्द्रित छ भने भी–सिरिजका स्मार्टफोनहरू सुन्दर डिजाइन, शक्तिशाली प्रदर्शन र मोबाइल फोटोग्राफी भएका लक्जरी स्मार्टफोनहरू हुन् ।

भिभोले दिर्घकालिन समयसम्म ब्राण्डसंग आवद्ध रहन इच्छुक ईमानदार कर्मचारीहरूको महत्व बझेको छ, जुन केवल काममा र व्यक्तिगत सन्तुष्टि मार्फत सुनिश्चित गर्न सकिन्छ । यसका लागि भिभोले कर्मचारीहरूलाई प्रशस्त अवसरहरू प्रदान गर्दै उद्योग सम्बन्धी थप अनुभवहरूको लागि एक्सपोजरमा मद्दत गर्दछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद