बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) तथा पप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम उक्त बैंकको शेयर रोक्का गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बताएको छ।नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकको गाभ्ने, गाभिने नीतिअनुसार उक्त बैंकबीच जेठ २७ गते शुक्रबार प्रारम्भिक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ। मर्जरपछि बन्ने बैंकको नया सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछन्।
हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पुँजी १८ खर्ब ३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पुँजी १६ खर्ब १२ अर्ब रहेको छ। अब दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४ खर्ब ४३ अर्ब पुग्नेछ। यसैगरी हाल नेपाल ईन्भेष्टमेन्ट बैंकको जगेडा तथा कोषमा १४ खर्ब ८२ अर्ब र मेगाको ५ खर्ब ९२ अर्ब रहेको छ। हाल इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह १ खर्ब ७३ अर्ब ४६ करोड र मेगाको १ खर्ब ५० अर्ब ४६ करोड रुपैयाँ रहेको छ। त्यस्तै इन्भेष्टमेन्टको निक्षेप संकलन १ खर्ब ८२ अर्ब १ करोड र मेगाको १ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रहेको छ।
हाल इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर (१ बराबर ०.९ प्रतिशत स्वाप रेसियो) हुनेगरी मर्जर गरिने प्रारम्भिक सहमति भएको बताइएको छ।