Media Network

मर्जरका कारण २० कम्पनीको सेयर कारोबार रोक्का (सुचीसहित)


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौ । मर्जरका कारण झण्डै २० कम्पनीको सेयर कारोबार रोक्का हुन पुगेको छ ।मर्जर सम्झौतापछि आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार गत साताबाट रोक्का गरिएको छ। 

सिवाईसी नेपाल लघुवित्त यही वर्ष आईपीओ निष्कासन गरेर नेप्सेमा सूचीकृत भई कारोबारमा आएको थियो। आँधिखोला लघुवित्त भने नेप्सेमा सूचीकृत भएको धेरै वर्ष भइसकेको छ। 

गत जेठ २७ गतेबाट सेयर कारोबारमा आएको आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तसँग पुनः मर्जर सम्झौता गरेको आँधिखोला लघुवित्तको सेयर कारोबार खुलेको एक महिना पनि नबित्दै फेरि गत असार २२ गतेबाट रोक्का भएको छ। 

हाल नेप्सेले मर्जर र एक्विजिसन (प्राप्ति) प्रयोजनका लागि २० वटा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। मर्जर र प्राप्ति प्रयोजनका लागि सेयर कारोबार रोक्का हुनेमा ७ वटा बीमा कम्पनी, ५ वटा वाणिज्य बैंक, ५ वटा लघुवित्त कम्पनी, २ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनी छन्। 

नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली २०७३ मा मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका कम्पनीहरुको सेयर रोक्का राख्ने व्यवस्था छ। यो व्यवस्था राष्ट्र बैंकको विनियामवालीमा भए पनि बीमा समिति र विद्युत् नियमन आयोगमा भने छैन। 

मर्जर र प्राप्तिमा जाने कम्पनीहरुको लामो समयसम्म कारोबार रोक्काको लगानीकर्ताको सम्पत्ति बन्धक भएको भन्दै लगानीकर्ता, ब्रोकर, मर्चेन्टका साथै अन्य सरोकारवालाबाट चर्को विरोधमा उत्रिएका छन् ।


यी हुन्, सेयर कारोबार रोक्का भएका कम्पनीहरु

वाणिज्य बैंकहरुमा बैंक अफ काठमाण्डू

ग्लोबल आइएमई बैंक, 

मेगा बैंक

नेपाल बंगलादेश बैंक

नेपाल इन्भेस्टमेन्ट बैंक


 फाइनान्स कम्पनीमा

क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स


बीमा कम्पनीमा

 एभरेस्ट, हिमालयन जेनेरल

गुराँस लाइफ

प्राइम लाइफ

युनियन लाइफ

ज्योति लाइफ 

 सूर्य लाइफ 


लघुवित्त कम्पनीहरुमा 

घोडीघोडा

नाडेप

समाज

सिवाईसी नेपाल 

आँधिखोला लघुवित्त संस्था 


जलविद्युत कम्पनीमा 

रिडी हाइड्रोपावर

 रैराङ हाइड्रोपावर


Share:
Reaction :
ताजा समाचार
खेलकुद