मासिक १० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
मासिक १० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट
काठमाडौं। सरकारले मासिक १० करोडभन्दा बढी खपत गर्नेलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गर्ने भएको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० करोडभन्दा बढीको विद्युत् खपत गर्नेलाई महसुलमा दुईदेखि १५ प्रतिशत छुट दिने व्यवस्था गर्ने जानकारी दिएका हुन् ।