Media Network

मधेश प्रदेशमा बैंकहरुले दिए ५० अर्ब एक करोड रुपैंयाँ कृषि कर्जा


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं। मधेश प्रदेशमा कृषि क्षेत्रको बिकास र बिस्तारको लागि बैंक तथा फाईानान्स कपनीहरुले ५० अर्ब एक करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशगत वित्तीय सेवा तथा वित्तीय उपकरणको स्थिति आर्थिक वर्ष २०७८÷७९ को प्रथम अर्धवार्षिक अवधिको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ४३ दशमलव ५३ प्रतिशतले बढेर ५० अर्ब एक करोड रुपैंयाँ पुगेको हो । 

गत वर्र्षको सोही अवधिमा यस्तो कर्जा ३४ अर्ब ८४ करोड रहेकोे थियो । यो प्रदेशमा प्रवाह भएको कुल कर्जा मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश ११ दशमलव ७८ प्रतिशत रहेको छ । मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जा मध्ये सबै भन्दा बढी कर्जा प्रवाह पर्सा जिल्लामा १७ दशमलव ७० प्रतिशत रहेको छ भने सबै भन्दा कम कर्जा प्रवाह सप्तरी जिल्लामा सात दशमलव ३५ प्रतिशत रहेको छ । 

यि बाहेक सिराह जिल्लामा १३ दशमलव ७४ प्रतिशत अर्थात ६८ करोड ७० लाख रुपैंयाँ कर्जा प्रंजाह हुंदा सप्तरी जिल्लामा १३ दशमलव ७४ प्रतिशत अर्थात ६८ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यसैगरी धनुषा जिल्लामा १३ दशमलव ४६ प्रतिशत अर्थात ६७ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह हुंदा महोत्तरी जिल्लामा नौं दशमलव ३९ प्रतिशत अर्थात ४७ करोड रुपैंयाँ कर्जा प्रवाह भएको छ । प्रतिवेदन अनुसार सर्लाही जिल्लामा पनि १६ दशमलव तीन प्रतिशत अर्थाँत ८१ करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह हुंदा रौत्तहट जिल्लाम १० दशलव १९ प्रतिशत अर्थात ५१ करोड रुपैंयाँ कर्जा प्रवाह भएको  । यसैगरी बारा जिल्लामा पनि ११ दशमलव ८६ प्रतिशत अर्थात ५९ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह भएको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद