Media Network

मध्यरातमा फेरि बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको भाउ


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७८,बुधबार

काठमाडौं । सरकारले मध्यरातीदेखि फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । 

नेपाल आयल निगम लिमिटेडले मंगलबार विज्ञप्ति जारी गर्दै गएराती १२ बजदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास लगायतका सबै इन्धनमा भाउ बढाउएको हो । 

दुई दिनअघि मात्रै आयल निगमले खरिद मूल्यमा भाउ बढेको देखाउँदै पेट्रोल, डिजेलको भाउ एक रुपैयाँ घटाएको थियो ।                   

नयाँ मूल्यअनुसार, पेट्रोलको भाउ प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ तोकिएको छ । 

यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । नयाँ मूल्य अनुसार ग्यासको भाउ प्रतिसिलिण्डर १६ सय रुपैयाँ रहेको छ । 

निगमले नयाँ मूल्य समायोजनपश्चात पनि एक महिनाको अनुमानित ९ अर्ब २७ करोड घाटा हुने जनाएको छ ।  

निगमले निकालेकाे सूचना हेर्नुस्ः



Share:
Reaction :
ताजा समाचार
खेलकुद