आज दुई सय ३२ वटा कम्पनीहरुको ३१ हजार आठ सय छ पटकको कारोबारमा ४१ लाख ४७ हजार दुई सय ५५ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका अहाधारमा आज कुल कारोबार रकम एक अर्ब १८ करोड ५५ लाख ४६ हजार एक सय ७९ रुपैँया कायम भएको छ । कारोबार भएका कुल समुहहरु मध्ये आज बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका समेतका १३ वटै समुहहरुको सुचक ओरालाो लागेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कम्पनीहरु मध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड, बरुण हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने हिमालयन पावर पार्टनर लिमिटेड, तेह्थुम पावर लिमिटेड, बलेफी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । शिवम सिमेन्ट, नविल बैंक, आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएका छन् ।