काठमाडौं । नबिल बैंकको लाभांश घोषणा भएको छ । बैंकको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१÷८२ को कारोबारमा आधारित नाफाबाट बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
यस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण बैंकका कम्पनी सचिव भीष्म न्यौपानेले जनाएका छन् ।
हाल बैंकसँग २७ अर्ब ५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । घोषित दरमा लाभांश दिँदा ३ अर्ब ३८ करोड बराबरको लाभांश वितरण हुनेछ ।