नबिल बैंकको नामबाट ठगी धन्दा


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
नबिल बैंकको नामबाट  ठगी धन्दा

काठमाडौं । नबिल बैंकको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर भ्रामक सूचना प्रवाह भइरहेको छ । नबिल बैंकले नै आज एक सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएपछि यसबारे सार्वजनिक भएको हो ।

आधिकारिक Verified Account (Blue Tick - NABIL BANK) भएको “Facebook Page” बाट पोस्ट गरिएका सूचना, जानकारीहरुलाई मात्रै आधिकारिक मान्न सम्पूर्ण ग्राहकवर्ग एवम् जनसमुदायलाई जानकारी गराउँदछौं।"