तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शौचालय प्रयोग गरेबापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मतसम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ। कामपाले यसअघिनै सहकार्यमा सञ्चालन गर्ने शौचालय पहिचानको लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरिसकेको छ।
कामपा क्षेत्रभित्रका होटल, रेष्टुराँ, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई सम्पर्क राख्न आग्रह गरेको थियो। कामपासँग सहकार्य भएको सङ्घसंस्थाको शौचालयमा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले सबैमा एकै किसिमको सङ्केत चिन्न तयार गरेको कामपाले जानकारी दिएको छ।
सङ्केत चिह्नमा लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न रहेको छ। सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।
नवनिर्वाचित महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकको निर्णयअनुसार हाल कामपामा रहेका झण्डै ५८ सार्वजनिक शौचालयलाई मर्मतसम्भार गरी पुनः प्रयोग गर्ने र सहकार्यमार्फत् तत्काल ६० शौचालय प्रयोगमा ल्याउन लागिएको छ ।