काठमाडौँ। नबिल बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार ज्ञानेन्द्र ढुंगानाले सम्हालेका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो ।
उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।