Media Network

नबिल र एनबी बैंकबीच मर्जरको तयारी, साधारणसभा डाक्दै


खबरस्टोरी संवाददाता

२९ पुष २०७८,बिहीबार

काठमाडौं। नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंक बीच मर्जको तयारी पुरा भएको छ । बैंक मर्जको लागि बिहिबार नै एमओयू पत्रमा हस्ताक्षरको तयारी गरिएको हो । नबिलकै संरचनामा सवै कारोबार हुने र नबिलले सञ्चालक समितिमा एनबीलाई कुनै पनि नदिनेगरी सम्झौता हुने भएको छ ।

एनबी बैंकको १०० कित्ता सेयर नबिलमा ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम हुने गरी सहमती बुधवार नै नेपाल राष्ट्र बैंकलाई जानकारी गराइसकिएको छ।

बिनोद चौधरीले नेपाल बङ्गालादेश बैंकमा रहेको आईएफआइसीको ४१ प्रतिशत सेयर श्रीमती सारिका चौधरीको नाममा खरिद गरेपछि विवाद अदालतसम्म पुगेको छ। दुगड समूहले एक वर्ष अगाडि नै आईएफआईसीको सेयर प्रतिकित्ता १५७ रुपैयाँमा खरिद सम्झौता भइसकेको तर अहिले अर्को समूहलाई बिक्री गरेको भन्दै जिल्ला अदालत काठमाडौंदेखि पाटन उच्च अदालतसम्म मुद्दा दायर गरेको छ। मंगलबार दुगड समूहले दायर गरेको मुद्दाको पाटन र काठमाडौं दुवैमा पेशी तोकिएको थियो। 

तर काठमाडौं जिल्ला अदालतले चौधरीलाई बिक्री गर्न लागिएको ४१ प्रतिशत सेयर तत्काल रोक्न अन्तरिम आदेश दिएको छ।

सनराइज बैंकका अध्यक्षसमेत रहेका व्यवसायी मोतीलाल दुगडले हालेको मुद्दामा पुस २७ गते आदेश दिँदै काठमाडौं जिल्ला अदालतले ‘सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनेको छ। साथै सात दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न पनि अदालतले भनेको छ। दुगड समूहले नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो। 

अदालतको आदेशमा नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिएको भन्दै फैसला गरेको छ। अदालतले दुगडको पक्षमा फैसला गरेको हो। 

दुगड समूहले नबिल बैंकका मुख्य प्रमोटर बिनोद चौधरीले खरिद गरेको बंगलादेश बैंकको सेयर विरुद्ध मुद्दा मामिलामा लागेपछि हतारहतार नबिल र एनबीको मर्जरलाई तिव्रता दिइएको छ। 

सारिका चौधरीले ६ अर्ब भन्दा बढीमा उक्त सेयर खरिद गरेकी छन्। यता बंगलादेश बैंक र नबिल बैंक दुवैले मर्जका लागि मर्जर समिति बनाइएका थिए। 

हाल नबिलको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ। साधारणसभाले ३३ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी बढ्ने छ । यससँग शुक्रबार नबिलको साधारणसभा हुँदैछ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद