Media Network

नागरिक लगानी कोषले गर्‍यो लाभांश दिने घोषणा, बोनस शेयर कति ?


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौं।  नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । 

कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिथशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ । कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद