उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बंगलादेश बैंक कलकत्ता शाखाका शाखा प्रमुख पंकज भट्टले डिजिटल माध्यमबाट बैकिङ सेवा, विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा कार्यक्रममा उपस्थित सहभागीहरुलाई जानकारी गराउनु भएको बैंकले जनाएको छ । हाल बैंकले एक सय वटा शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।