Media Network

नेपाली बैंकिङ क्षेत्र : निक्षेप राख्न सजिलो, कर्जा लिन फलामको चिउरा चपाए जस्तै


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा निक्षेप जम्मा गर्न सजिलो भएपनि कर्जा लिन भने निकै नै गाह्रो हुने देखिएको छ । आम सर्वसाधारणले सामान्य बचत खाता खोलेकै भरमा बैंक तथा फाईनान्स कम्पनीहरुमा आफ्नो नियमित आम्दानीको केही हिस्सा बचत गर्न सक्छन् । तर त्यही बचतकर्ता ग्राहकले आफुले बचत जम्मा गरेकै बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा निकाल्नु पर्दा उसलाई फलाममा चिउरा चपाए जस्तो हुने देखिएको छ । 

आम्दानीको नियमित श्रोत, धितोमा राखिने चलअचल सम्पतीको रोक्का, सडक बाटो लगायतका धेरै वटा कागजी प्रकृयाहरु गर्नुपर्दा पनि बैंकहरुमा बचत जम्मा गर्न भन्दा कर्जा लिन निकै नै कठिन देखिएको छ, जुुन कुराको पुष्टि नेपाल राष्ट्र बैंकको तथ्यांकबाट पनि भएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुमा निक्षेप तथा कर्जा खाताको बिचमा निकै नै फराकिलो अन्तर रहेको छ । जसले गर्दा कर्जा आम सर्वसाधारणको पहुंच भन्दा पनि निकै नै परको बिषय बन्न पुगेको छ । राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार चालुु आर्थिक बर्षको पछिल्लो छ महिनाको अवधिमा लघुुवित्त वित्तीय संस्था बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या चार करोड १८ लाख ३८ हजार चार सय ९१ वटा रहेको छ । बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको यो निक्षेप खाता भनेको नेपालको कुल जनसंख्या भन्दा पनि निकै बढी हो । तर यही बिचमा बैंकिङ प्रणालीमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने जम्मा १८ लाख एक हजार पाँच सय ५४ वटा मात्र रहेको छ । जसबाट पनि बुझ्न सकिन्छ, नेपाली बैंकिङ क्षेत्रको असमानता अर्थात निक्षेप तथा कर्जा खाताबिचको अन्तर । 

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल निक्षेप खाता मध्ये सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरुमा मात्र तीन करोड ५७ लाख ८० हजार दुई सय ९२ वटा निक्षेप खाता सञ्चालनमा रहेका छन् । यसबाहेक क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंकहरुमा ४८ लाख ५० हजार चार सय १९ र फाईनान्स कम्पनीहरुमा १२ लाख सात हजार सात सय ८० वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका छन् । 

चालु आवको पछिल्लो अवधिमा बाँणिज्य बैंकहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने १४ लाख ५३ हजार सात सय ३३ रहेको छ । यस अवधिमा बिकास बैंक र फाईनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कर्जा खाताहरुको संख्या भने क्रमश: तीन लाख आठ हजार पाँच सय ९६ र ३९ हजार दुई सय २५ वटा मात्र रहेको छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद