Media Network

नेपाल एयरलाइन्सका अध्यक्षमाथि पर्यटनमन्त्रीको आक्रोश


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि दुर्ब्यवहार गरेका छन् । मन्त्री आलेले आफ्नो कार्यकक्षमा बोलाएर अधिकारीमाथि अश्लिल शब्दले गाली बेइज्जती तथा हातपात गरी दुर्ब्यवहार गरेका हुन् । 

आलेले सुन्नै नसकिने अश्लिल गाली गर्दै दुर्ब्यवहार गरेको अडियोसमेत सार्वजनिक भएको छ । मन्त्री आलेले टेलिफोनबाट अश्लिल शब्दसहित कर्मचारी नियुक्तिबारेमा धम्क्याएका थिए । 

मन्त्री आलेले नेपाल एयरलाइन्समा कार्यकर्ता भर्ती गर्न खोज्दा अध्यक्षले अवरोध गरेको भन्दै दुर्ब्यवहार गरेको बताइएको छ । अधिकारीले भने प्रक्रियागत ढंगले केहीलाई नियुक्त गरिसकेको एयरलाइन्स स्रोतको भनाइ छ ।   

यसअघि पनि पर्यटनमन्त्री आलेले भारतमा रहेका युवाले समाजिक सञ्जालमा आफूविरुद्ध अनर्गल प्रचार गरेको भन्दै सुन्नै नसकिने अश्लिल गाली गरेको अडियो सार्वजनिक भएको थियो । उनको अश्लिल गालीगलौजको टेलिफोन कुराकानी सार्वजनिक भए पनि मन्त्री पदमै कायम रहँदै आएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद