Media Network

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाललाई मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । 

बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मर्जरमा जानको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।अब कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ । दुबै बैंकको जेठ ३० गतेबाट शेयर कारोबार रोक्का रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने गरी जेठ २७ गते सम्झौता भएको हो । मर्जरपश्चात नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद