नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरको सम्झौता, असोजबाट एकीकृत कारोबार


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरको सम्झौता, असोजबाट एकीकृत कारोबार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ। 

अब मर्जरपछिको बैंक चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक बन्ने छ।अलफ्ट होटलमा शुक्रबार बेलुका भएको सम्झौतासँगै 

 सम्झौतापत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाण्डे तथा मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका हुन्। सम्झौतामा हस्ताक्षरसँगै असोजभित्र एकीकृत कारोबार गरिनेगरी तयारी गरेका छन्। सहमतिअनुसार मर्जपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्टकै रहने छन्। अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने गरी तयारी भएको छ। मेगा बैंकका सेयर धनीको १०० कित्ता सेयर हुँदा मर्जपछि ९० कित्ता हुनेगरी सम्झौता भएको हो। दुवै मर्ज सकिएपछि चुक्तापुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ। नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड चुक्ता पुँजी रहेको छ। मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।

गत साता मात्रै दुई बैंकले मर्जरका लागि अन्तिम तयारी गर्दै स्वाप रेसियो टुंगो लगाएका थिए। दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर भएको हो। चुक्ता पुँजीको हिसाबले ग्लोबल बैंक सबैभन्दा ठूलो बैंक हो। जसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ।