Media Network

नेपाली जहाज आजदेखि साउदी अरब उड्दै


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नेपाल वायुसेवा निगमले शुक्रबारदेखि साउदी अरबमा नियमित उडान सुरु गर्ने भएको छ । काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज साउदी अरबको रियादमा शुक्रबार साँझ ७ः१५ मा उड्ने भएको छ । 

 रियादका लागि निगमले वाइडबडी जहाज किन्ने बेला गरेको बजार प्रक्षेपणमा यो गन्तव्य समेटिएको थियो । तर, लामो समयसम्म निगमले अनुमति नपाउँदा उडान विस्तार गर्न भने सकेको थिएन ।

शुक्रबार र आइतबार काठमाडौंबाट निगमको जहाज रियाद उड्ने छ । जहाज साउदीबाट भने शनिबार र सोमबार काठमाडौं फिर्ता हुनेछ । साउदी अरबको दमाममा भने अहिले हिमालय एयरलाइन्सले उडान गरिरहेको छ । यो मुलुकमा निगमले यसअघि चार्टर्ड उडानहरु भने गरिसकेको छ । 

निगमले साउदीका विभिन्न गन्तव्य रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको भएपनि पहिलो चरणमा रियादमा मात्र उडान गर्न लागेको हो । यस शहरमा निगमले साताको दुई उडान गर्ने भएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद