संघले बुझाएको ज्ञापनपत्रमा शेयर धितोमा लगाइएको ४ करोड र १२ करोड रुपैंयाँको क्याप हटाउनुपर्ने, सीसीडी रेसीयोलाई पुनः सीडी मै कायम गर्नुपर्ने, भारित औषध दर १०० नै कायम गरिनुपर्ने, शेयर बजारलाई देशव्यापी विस्तार गर्न सातै प्रदेश र ७७ वटै जिल्लामा रहेका बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख गरिएको छ ।
निरन्तर शेयर बजारमा आएको गिरावटले लगानीकर्ताहरु समस्यामा पर्नुका साथै आन्दोलीत हुने अवस्था आएका कारण समस्या समाधानको पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको संघकी अध्यक्ष पोखरेलले जानकारी दिइन् । उनले भनिन्– ‘लगानीकर्ताहरु घर न घाटको अवस्थामा पुगिसके, आत्महत्या गर्नुपर्ने स्थिति आइसक्यो, यसकारण प्रधानमन्त्रीज्यूलाइ ज्ञापनपत्र बुझाउनुका साथै समस्या समाधान को लागि पहल गरिदिन भेटेरै अनुरोध गरेका छौं ।’