Media Network

नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोडको ट्रेजरी बिल निष्काशन गर्दै


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

 काठमाडौं। नेपाल राष्ट्र बैंकले असार २८ गते सोमबार २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। 

मंगलबार ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी हुने  ट्रेजरी बिलका लागि  सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। 

राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल असोज २५ गते परिपक्व हुनेछ। 

यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन पुुस १६ परिपक्व हुनेछ। 

त्यस्तै राष्ट्र बैंकले ३६४ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०८० असार २६ गते परिपक्व हुनेछ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत यस बोलकबोलमा  सहभागी हुन सक्नेछन्।


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद