Media Network

नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौँ। नेपाल राष्ट्र बैकले मंगलबार पाँच अर्ब रुपैयाँको बिकास ऋणपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार छ बर्षे अवधिको “बिकास ऋणपत्र २०८५ “च” (६ बर्षे) जारी गर्न लागिएको हो । 

ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन मिती २०७९ असार २२ गते तोकिएको छ भने सावाँ भुक्तानी मिती २०८५ असार २२ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ भने ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब २५ करोड र ७५ करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।    



Share:
Reaction :
ताजा समाचार
खेलकुद