नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने
काठमाडौँ। नेपाल राष्ट्र बैकले मंगलबार पाँच अर्ब रुपैयाँको बिकास ऋणपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार छ बर्षे अवधिको “बिकास ऋणपत्र २०८५ “च” (६ बर्षे) जारी गर्न लागिएको हो । 

ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन मिती २०७९ असार २२ गते तोकिएको छ भने सावाँ भुक्तानी मिती २०८५ असार २२ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ भने ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब २५ करोड र ७५ करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।