Media Network

नेपाल टेलिकमद्धारा होली अफर सार्वजनिक


खबरस्टोरी संवाददाता

२ चैत्र २०७८,बुधबार

काठमाडौं।  नेपाल टेलिकमले होली अफर सार्वजनिक गरेको छ । मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको हो । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । 

यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । 

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ । यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद