काठमाडौँ । तथ्याङ्क विभागले नेपालीको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । यो वर्ष नेपालीको प्रतिव्यक्ति आय वार्षिक १,३८१ अमेरिकी डलर पुग्ने विभागले तथ्याङ्क सार्वजनिक गरेको हो ।
विभागले चालू मूल्य अनुसार आधारभूत मूल्यमा मुलुकको कुल अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ ।
उपभोक्ता मूल्यमा ४८ खर्ब ५१अर्ब रुपैयाँ पुग्ने तथ्याङ्क विभागले अनुमान गरेको छ ।