Media Network

नेपालमा चार हजार केजीभन्दा बढी सुन भित्रियो


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८ र ७९ को पहिलो नौ महिना भित्र नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ । 

विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो एक वर्षमा नेपालले आयात गरेकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको छ । 

उक्त अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँमा ४ हजार ९४ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७ र ७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको सुन आयात गरेको थियो ।विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्र युएईबाट २२ अर्ब ६ करोड २१ लाख ६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।

 नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स युएई र टर्कीबाट आउने गरेको पाइएको छ । 






Share:
Reaction :
ताजा समाचार
खेलकुद