निर्वाचन सम्पन्न भएपछि आज मंगलबार पहिलो पटक खुलेको नेप्सेमा सुचक एवं कारोबार रकम दुबै घटेका छन् । आज नेप्से ८४ दशमलव नौं अंकले घटेर २२ सय ६५ दशमलव ५२ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव २७ अंकले घटेर चार सय ३९ दशमलव ६९ अंकमा खुम्चिएको छ ।
दुई सय २१ वटा कम्पनीहरुको ३३ हजार छ सय १० पटकको कारोबारमा ३५ लाख ९५ हजार पाँच सय ६८ कित्ता सेयर किनबेच भएको छ । सोही अनुरुप आज कुल कारोबार रकम एक अर्ब ६४ करोड ४० लाख ५० हजार दुई सय ३९ रुपैंयाँमा कायम हुन पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले घटेको छ । सोही आधारमा नेप्से आज पुरै रातो भएको छ ।
आज कारोबार भएका कम्पनीहरु मध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, बोटर्लस नेपाल लिमिटेड आदिले कमाएका छन् भने सुर्या लाईफ इन्स्योरेन्स कम्पनी, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था, युनाईटेड इन्स्योरेन्स कम्पनी आदिले गुमाएका छन् ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, सानिमामाई हाईड्रो पावर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएको छ ।