Media Network

नेप्से ३४ अंकले घट्यो, १ अर्ब १६ करोडको कारोबार


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौं। अन्तत नेप्से पुन १९ सय अंकमा झरेको छ । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से ३४ दशमलव ७१ अंकले घटेर पुन १९ सय ९२ दशमलव ६१ अंकमा खुम्चिएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६१ अंकले घटेर तीन सय ७९ दशमलव ८८ अंकमा खुम्चिएको छ । नेप्सेमा दुई सय १७ वटा कम्पनीहरुको २० हजार एक सय २० पटकको कारोबारमा ३० लाख ६३ हजार चार सय ५३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कारोबार रकम एक अर्ब १६ करोड ८४ लाख ४२ हजार चार सय ४४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, लघुवित्त, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । 

यसैगरी आज कारोबार भएका कम्पनीहरु मध्ये ग्लोवल आईएमई समुन्नत योजना –१, नविल इक्विटी फण्ड, शिवश्री हाईड्रो पावर कम्पनी, युनाईटेड इन्स्योरेन्स कम्पनी आदिले कमाएका छन् भने हिमालयन ऊर्जा बिकास कम्पनी आदिले गुमाएका छन् । शिवम सिमेन्ट, नागरिक लगानी कोष, अरुण कावेली पावर लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद